Author: Karnali Post Daily

‘कान्छी’को ‘चरी चट्ट’ १ करोड पटक हेरियो (भिडियोसहित)

‘कान्छी’को ‘चरी चट्ट’ १ करोड पटक हेरियो (भिडियोसहित)

प्रदेश खबर, मनोरञ्जन, शिक्षा, समाज, साहित्य, सुचना/प्रविधि
चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्रको गीत भने हिट भैसकेको छ । लोकलयमा आधारित चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीत १ करोड भन्दा बढी पटक हेरिएको छ । चलचित्र रिलिज अगावै गीतसंगीतले यस्तो लोभलाग्दो सफलता कमै मात्र पाउँछन् । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । यो गीतमा चलचित्रका मुख्यकलाकार दयाहाङ राई, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ गरिएको छ । आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रको गीत हिट भएपछि नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् । उनले, चलचित्रको गीतका कारण पनि व्यापारमा फरक पर्ने बताइन् । यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । https://www.youtube.com/watch?time_continue=1&v=iPCQmI5yTGE
घनाजंगलको झाडीमा अड्किएका थिए जोन, उद्दारकर्ता देखेपछी रोए

घनाजंगलको झाडीमा अड्किएका थिए जोन, उद्दारकर्ता देखेपछी रोए

कृर्षि, खेलकुद, टिप्स, प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, समाज, स्थानिय तह
माघ १८, काठमाडौं । हाइकिङका लागि फूलचोकी पुगेका जोन तामाङलाई ६ दिन पछी जिवितै उद्दार गरिएको छ । हाइकिङ पुगेर घर फर्किने क्रममा उनि जंगलबाटै बेपत्ता भएका थिए । रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली बुधबार सुरुमै फुलचोकीको टुप्पामा पुगेको थियो । त्यसपछि त्यहाँबाट तल झर्यो । खोजीको क्रममा लाकुरी भञ्ज्याङ जाने बाटोबाट उद्दारकर्ताहरु दायाँतर्फ लागेका थिए । रामकाजी तिवारी र चन्द्र आलेले बाटो छाडेर केहि तलतिर खोज्दै थिए । देख्दैमा डर लाग्दो ठाउँमा खोज्ने क्रममा करिब पौने ५ बजेतिर एउटा झोला भेटिएको थियो । झोलाकै आधारमा लडेको रुखको चेपमा एउटा मान्छे घोप्टो अवस्थामा देखियो । घोप्टो अवस्थामा टोपी स्पष्ट देखियो । जुन टोपी जोनको फोटोसँग मिल्दो थियो । तब जोननै हुन् भन्ने एकिन भयो र उद्दारकर्ताले उनलाई उनकै नामल
रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा नागरिकता भएको भन्दै उजुरी

रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा नागरिकता भएको भन्दै उजुरी

अर्थ/विकास, कृर्षि, खेलकुद, प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, राजनिति, लेख/विचार, समाज, स्थानिय तह
माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो । अध्यक्ष खत्री विरुद्ध उजुरी परेकोले अब छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । आफू आएदेखि जिल्लामा यस्तो प्रकारको उजुरी पहिलो पटक परेको समेत प्रजिअ भट्टराईले बताउनुभयो । यसबारे छानविन थप फैसला अदालतले गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । अध्यक्ष खत्री विरुद्ध परेको उजुरीमा पठु खत्रीका पाँच भाई छोराहरु भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी मध्ये बिर बहादुर (साईला) रहेको र उनको २०४० सालमा मृत्यु भएपछि भिउदे हालका बिर बहादुरले तत्कालिन पा
साउदीमा आफुले काम गरेको तलब माग्दा एक वर्षदेखि जेलमा छन् सल्यानका यी युवक !

साउदीमा आफुले काम गरेको तलब माग्दा एक वर्षदेखि जेलमा छन् सल्यानका यी युवक !

समाज
खकेन्द्र केसी/माघ १४, सल्यान । बिनाकारण सल्यानका एक व्यक्ती एक वर्षदेखि साउदीको जेलमा परेका छन् । रोजगारको सिलसिलामा २ बर्ष अघि साउदी अरब पुगेका सल्यान कुमाख गाउँपालिका वडा नम्बर १ साधान्मुडाका बल बहादुर बस्नेत विनाकारण एक वर्षदेखि साउदीको जेलमा परेका हुन् । धापासी काठमाडौँमा रहेको एसओयस. म्यानपावर सर्भिस प्रा. लि. बाट रोजगारको लागी साउदी पुगेका वस्नेत बिरामी परेर एक दिन डिउटी नजादा मालिकले मनपरि ढङगले जेल पठाएका हुन् ।   वस्नेतले काम सुरुको १० महिना पुगेको समय २०७३ कार्तिक २७ गते (Date 13/7/2016) को दिन उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरुले मालिक सङ्ग श्रम गरेबापतको तलब मागेका थिए । तर मालिकले उनिहरुलार्इ हस्तक्षेप गर्न खोजेपछि केहि विवाद हुन पुगेको थियो । त्यहि समयमा वस्नेत कारणबस बिरामी परेका थिए । बिरामीको कारणले गर्दा उनि १ एक दिन डिउटी जान नसकेर आफ्नै कम
देउवा सरकारको भत्तासम्बन्धि निर्णय हावादारी भएको खुलाशा (बिज्ञप्ति सहित)

देउवा सरकारको भत्तासम्बन्धि निर्णय हावादारी भएको खुलाशा (बिज्ञप्ति सहित)

राजनिति
माघ १४, काठमाडौं । केहिदिन अघि देउवा सरकारले एकल महिलालाई ५५ वर्षमै भत्ता दिने निर्णय गरेको थियो । तर, सरकारलाई नै २०६८ सालदेखि सबै उमेरका एकल महिलाले शुरुमा ५ सय र हाल मासिक १ हजार रुपैयाँ पाइरहेको कुरा थाहा नभएको भन्दै बिरोध गरिएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले आइतबार यस बिषयमा विज्ञप्ति जारी गर्दै एकल महिलाले ७ वर्षदेखि पाउँदै आएको सुविधाबारे सरकार अनविज्ञ भएको भन्दै खेद व्यक्त गरेको छ । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि राज्यबाट एकल महिलाले मासिक १ हजार भत्ता पाउँदै आएका छन् । तर यही बिषय देउवा सरकारलाई नै थाहा नभएको बिज्ञप्तिमा उल्लेख छ । २०६५ साल पुष ७ गते मानव अधिकारको लागि महिला, एकल महिला समुह र जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) द्वारा संयुक्तरुपमा ६० वर्ष भन्दा मुनिका एकल महिलालाई पनि सामाजिक सुरक्षा भत्ता माग गर्दै रिट दायर गरेपछी तत्कालीन न्यायाधिश
भारतले किन्यो नेपाली खेलाडी, सन्दिपले आईपीएल खेल्ने

भारतले किन्यो नेपाली खेलाडी, सन्दिपले आईपीएल खेल्ने

खेलकुद
माघ १४, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने भारतको चर्चित क्रिकेट आईपीएलमा आवद्ध भएका छन् । यससँगै सन्दिप आइपीएल क्रिकेटमा आवद्ध भएका पहिलो नेपाली क्रिकेटर बनेका छन् । सन्दिप आईपीएल टिम दिल्ली डेयरडेभिल्ससँग आवद्ध भएका हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ बर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । उनको न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै सन्दिपलाई किनेको हो । दिल्लीको टिममा गौतम गम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ- आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी । को हुन् सन्दीप ? दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उद
अन्तत: वाम गठबन्धनमा भागवण्डा मिल्यो, के-के भयो सहमति ?

अन्तत: वाम गठबन्धनमा भागवण्डा मिल्यो, के-के भयो सहमति ?

राजनिति
माघ १४, काठमाडौं । प्रदेश नम्बर ६ र ७ मा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिसँगै एमाले र माओवादीको कार्यदलले एमाले-माओवादीको पछिल्लो बिबाद समाधान गरिदिएको छ । एमाले-माओवादी कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाउने भएको छ भने उपसभामुख भने माओवादीले चार वटा पाउने भएको छ । जसमा एमालेले दुई वटा प्रदेशमा उपसभामुख पाउनेछ । एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउनेछ भने प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले लिनेछ । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख