शिक्षा

हिमशिखर विद्यालयमा तोडफोड संगै चोरी,२ जना पक्राउ

हिमशिखर विद्यालयमा तोडफोड संगै चोरी,२ जना पक्राउ

शिक्षा, स्थानिय तह
सागर परियार । तातोपानी गाउँपालिका २ स्थित हिम शिखर माध्यमिक विद्यालयमा तोडफोड संगै चोरी भएको छ । सोमबार राती करिब १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको हो । चोरी गरिरहेकै अबस्थामा विव्यस अध्यक्ष रुद्रसिंह मल्ल र उनकी श्रीमत्ी गौरा मल्लेले थाहा पाएपछि चोरी तथा तोडफोडमा संलग्न तातोपानी गाउँपालिका वडा नं. ६ निवासी २३ वर्षिय हरिदत्त बुढ्थापा र १७ वर्षिय हस्त खड्कालाई रंगेहात पक्राउ गरिएको छ । विव्यस अध्यक्ष मल्ले र उनकी श्रीमती गौरा मल्ल खेतमा पानी हालेर फर्किने क्रममा तोडफोड गरेको आवाज सुनिएपछि तत्तकाल प्रहरीचौकी लिताकोटलाइ विव्यवस अध्यक्ष रुद्रसिंह मल्लले खबर गरेपछि चौकी ईन्चार्ज टुल्का गिरीको नेतृत्वमा गएको टोलीले घटनास्थलमै चोरहरुलाई प्रक्राउ गरेको हो । उनका अनुसार विद्यालय चोरीमा संलग्न पक्राउ परेका दुबैजनालाई हदै सम्मको कारबाहि गर्न समेत माग गरिएको छ । भने, प्रहरी चौकी ल
वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

शिक्षा, समाज, स्वास्थ्य
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् । विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पा
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

शिक्षा
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोभिड–१९ को संक्रमण उच्च भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा गर्न सक्ने अवस्था नभएकाले बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको बताए । अध्यक्ष पौडेलले भने, ‘अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको छ ।’ कोभिड–१९को महामारीका कारण परीक्षा के गर्ने, यस्तै अवस्था लामो समय रहँदा के गर्ने भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा परेका थिए । बोर्डले १३ जेठदेखि एसइइ र २६ जेठदेखि कक्षा १२ को तय भएको परीक्षा तय गरेको थियो । एसईईको परीक्षाका लागि सबै जिल्लाबाट गरी दुई हजार १५ परीक्षा केन्द्रका लागि सिफारिस भएर आएका थिए । ०७७ सालको एसईईमा करिब पाँच लाख १५ हजारले आबे
कर्णाली प्राविधिक शिक्षालयको पठनपाठन भर्चुअल माध्यबाट हुने

कर्णाली प्राविधिक शिक्षालयको पठनपाठन भर्चुअल माध्यबाट हुने

शिक्षा
सागर परियार । कर्णाली प्राविधिक शिक्षालय जुम्लाको पठनपाठन भर्चुअल माध्यमबाट नियमित हुने भएको छ । कोरोना संक्रमणको त्रास बढेसंगै जुम्लामा बैशाख १५ गतेदेखि सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएपछि शिक्षालयले प्रविधिको प्रयोग गर्दै भर्चुअल, तथा म्यासेन्जर गुरुपको माध्यमबाट पठनपाठनलाई नियमित गर्ने भएको हो । गत वर्ष जस्तो विद्यालय कलेज बन्द हुँदा मज्जाले बस्ने,पठनपाठनतिर ध्यानै नदिने संस्कारको अन्त्य गर्दै यसपाली शिक्षालयले विद्यार्थी घरमा बस्दा पनि दैनिक ५ विषयको पठाई नियमित गर्ने योजना बनाएको शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताउनुभयो । उहाँले कोरोना संक्रमणको त्रासले शैक्षिक संस्था बन्द गर्ने प्रशासनको निर्णय संगै शिक्षालयको भौतिक उपस्थितीमा पढाई बन्द हुने बताउनुभयो । तर नियमित पठनपाठनलाई भर्चुअल माध्यमबाट गर्न विद्यार्थीका अभिभावकहरु संग समन्वय गरिने उल्लेख गर्नुभयो । साथै
जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी

जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी

शिक्षा, समाज, स्वास्थ्य
  जुम्ला । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् । विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय अहिले बन्द गरिएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका छन् ।” वि
टोप्लाको कालिका माविको छाना हावाहुरीले उडाएपछि विद्यार्थी खुला आकाशमुनि

टोप्लाको कालिका माविको छाना हावाहुरीले उडाएपछि विद्यार्थी खुला आकाशमुनि

शिक्षा
जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँको काविका माध्यामिक विद्यालयको छाना विहिबार हावाहुरी उडाएपछि विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य भएका छन् । आइएसी एजि अध्ययनसमेत हुने माध्यामिक विद्यालयको छाना हावाहुरी उठाएको हो । त्यसैगरी गाउँ नजिक खोलाको किनारमा रहेको कुटानीपीसानी मिलको पनि हावाहुरीले छाना उडाएको स्थानीय हरिबहादुर शाहीले बताए । उनले भने हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईबस्तुलाई पनि क्षति पुगेको छ । हावादुरीले विद्यालयको सवै छाना जस्तापाता उठाएपछि विद्यार्थीलाई खुला आकाशमुनि बसेर पढ्नु पर्ने बाध्यता आइपरेको छ । यो समस्यालाई समाधान गर्न स्थानीय बासीले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
‘एउटै लक्ष्य र संघर्षले प्राविधिक क्षेत्रमा सफल भए’

‘एउटै लक्ष्य र संघर्षले प्राविधिक क्षेत्रमा सफल भए’

लेख/विचार, शिक्षा
  संघर्षकै बीच सफलता प्राप्त गर्ने मध्यका एक हुन जुम्लाका चन्द्र खड्का । बा,आमाको व्यापारलाई सघाउदै स्कुल पढ्दै बाल्यकाल बिताएका खड्का यतिबेला नेपाल सरकारको सव–ईन्जिनियर जस्तो उच्च वहोदामा कार्यरत छन् । भने, नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रिय सदस्य पनि हुनुहुन्छ । आफ्नो लक्ष्य, बा आमाको रुची अनुसारनै प्राविधिक धारमा होमिएर सफल भएका खड्काको जीवन संघर्ष, सफलता लगायतका विषयमा कर्णाली पोष्टकर्मी सागर परियारले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–ईन्जिनियर चन्द्र खड्का संग गरेको कुराकानीको सारः जीवनलाई कसरी लिनु हुन्छ ? जीवन संघर्षको उपनाम हो । यो पृथ्वीमा संघर्ष गर्नका लागि नै हरेक नागरिकले आमाको कोख बाट जन्म लिन्छन् । तर सबैको जीवनमा देखिने खालको संघर्षशील नहुन पनि सक्छ । संघर्ष, चुनौतीको सामना बिना प्राप्त सफलताको कुनै मुल्यपनि हुदैन् । त्यसैले ज
नेबासासमा नयाँ कार्यसमितिःदुरदराजमा बाल साहित्य पुराउने लक्ष्य

नेबासासमा नयाँ कार्यसमितिःदुरदराजमा बाल साहित्य पुराउने लक्ष्य

शिक्षा, साहित्य
जुम्ला । नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यव्रmम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार दुई वर्षे कार्यकाल पुरा भई पुरानो समितिलाई बिदाई गरि नयाँ कार्यसमितिलाई गएको माघ ३ गते कार्यभार हस्तान्तरण गरिएको हो । नेपाल बालसाहित्य समाज २०४४ सालमा स्थापित नेपालकै जेठो बालसाहित्यिक संस्था हो । यस संस्थाले मुख्यतः बालसाहित्यको विकास र बालसाहित्य मार्पmत पठन सिप, पठन संस्कार र संस्कृतिको विकासका लागि विविध कार्यहरु गर्दै आएको छ । साथै गत माघ २४ गते आयोजित एक कार्यक्रममा नेपाल बालसाहित्य समाजको आर्थिक अबस्थाको प्रतिबेदन प्रस्तुत संगै वर्तमान महासचिवलाई फाईल समेत हस्तान्तरण गरिएको छ । नवगठित नवासको कार्यसमितिको अध्यक्षमा प्रा.डा. ध्रुवकुमार घिमिरे चयन भएका छन् । भने, उपाध्यक्षमा प्रमोद प्रधान, महासचिव यशु श्रेष्ठ, सचिवमा डा. या
कर्णाली प्रतिष्ठानका निर्देशक डा.रावल कोरोनामुक्त

कर्णाली प्रतिष्ठानका निर्देशक डा.रावल कोरोनामुक्त

शिक्षा, स्वास्थ्य
सागर परियार । कर्णाली स्वास्थ्य विज्ञान प्र्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावल कोरोना संक्रमणमुक्त हुनु भएको छ । लक्षण सहितको कोरोना देखिएपछि ९ दिन होम आइसोलेसन, ५ दिन आइसियु र ३ दिन क्याविनमा बसी उपचार गराएका डाक्टर रावल करिब दुई हप्ता पछि संक्रमण मुक्त भएका हुन् । कोरोना महामारीको भयाभव अस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा उल्लेखीय भुमिका निर्वाह गरेका डा.रावलले कोरोना भ्याक्सीन आईपुग्ने बेलामा आफु संक्रमित भएकोमा दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“निकै संघर्ष र कष्टका साथ कोरोनालाई जितियो । धन्न बाचियो । आत्मबल बलियो बनाउँदा बनाउदै पनि कोरोना संक्रमणबाट अछुत भईन् । तर संक्रमण घट्यो भन्दैमा ढुक्क हुने अबस्था छैन् ।” कर्णालीमा कोरोना संक्रमण नियन्त्रण गर्न अथक प्रयास गरियो अन्तत खोप लगाउने समयमा आफु आइसियुमा उपचाररत हुनुपर्ने अबस्थालाई विडम्बनाका रुपमा डा.रावलले उल्ले
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

शिक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।