अन्तराष्ट्रिय

काबुल विमानस्थलमा विस्फोटः अमेरिकी सैनिकसहित ६० मारिए

काबुल विमानस्थलमा विस्फोटः अमेरिकी सैनिकसहित ६० मारिए

अन्तराष्ट्रिय
बाइडेनले दिए बदला लिने चेतावनी एजेन्सीः अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो । पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो । स्थानीय समअनुसार साँझ ६ बजे
के सार्क अध्यक्ष नेपालले अफगानिस्तान मामिलामा भूमिका खेल्न सक्छ ?

के सार्क अध्यक्ष नेपालले अफगानिस्तान मामिलामा भूमिका खेल्न सक्छ ?

अन्तराष्ट्रिय
९ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वमा पार्न सक्ने असरबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष मुलुक नेपालले यस क्षेत्रका मुलुकहरूसँग परामर्श थाल्नुपर्ने आवाज मुखरित हुन थालेको छ । विज्ञहरूले अफगानिस्तान अशान्त हुँदा यस क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामिलामा दूरगामी परिणाम पर्ने भन्दै सो समस्या सम्बोधन गर्न यस क्षेत्रका मुलुकहरूले सामूहिक पहल गर्नुपर्ने सुझाव दिएका छन् । सार्कको वर्तमान अध्यक्षको हिसाबले त्यसको पहल नेपालले लिनुपर्ने उनीहरूको राय छ । विश्वका प्रमुख शक्ति राष्ट्रहरू अफगानिस्तान मामिलामा परामर्शमा भए पनि सार्क सदस्य मुलुकहरूले खासै प्रतिक्रिया जनाएका छैनन् । अफगानिस्तान संकटबारे नेपालले पहल गर्नुपर्ने भन्दै पाँच पूर्व राजदूतले मंगलबार एक संयुक
सडक निर्माणमा जुट्यो तालिबान

सडक निर्माणमा जुट्यो तालिबान

अन्तराष्ट्रिय
अफगानिस्तान कब्जा गरेसँगै तालिबानले आफूप्रतिको आम नागरिकको नकारात्मक धारणा परिवर्तन गर्ने प्रयास गर्दै आएको छ। पछिल्लो समय तालिबानले सामाजिक संजालमा सडक निर्माण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ। तालिबानले अरबी भाषाको ट्वीटरमा १९ अगस्तमा एक भिडियो साझा गर्दै एक सार्वजनिक घोषणा जारी गरेको छ। ट्वीटर पोष्टमा तालिबानले ‘लोक निर्माण मन्त्रालय’ले एक कम्पनीसँग जाबुल प्रान्तको कलात र मैदान वार्दक प्रान्तको मैदान शहरको बीच सडक निर्माणका लागि सम्झौता गरेको जनाएको छ। ट्वीटमा कम्पनीको नाम ग्लो ग्यालेक्सी कन्स्ट्रक्सन लेखिएको छ। साथै, यो परियोजना तीन महिनामा पूरा गर्ने सम्झौता गरिएको जनाएको छ। यसको एक दिनअघि एक भिडियोमा कमेन्ट गर्दै तालिबानको ट्वीटर अकाउन्टले लोक निर्माण मन्त्रालयले देश भरका सडको पुनर्निर्माणका लागि दुई गुणा प्रयास गर्ने जनाएको थियो। यसमा कन्धार र ह
अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

अन्तराष्ट्रिय
३२ साउन, काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो । तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । ‘मलाई यहाँ धेरै डर लागिरहेको छ । धेरै हवाई फायरहरु भइसकेका छन्’, एक प्रत्यक्षदर्शीले एएफपीसँगको कुराकानीमा भने । डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । समाचा
तालिबानका कुन नेताले सम्हाल्लान् अफगानिस्तानको सत्ता ?

तालिबानका कुन नेताले सम्हाल्लान् अफगानिस्तानको सत्ता ?

अन्तराष्ट्रिय
अफगानिस्तानको विद्रोही समूह तालिवानले देशका सबै प्रमुख शहरहरु र राजधानी काबुलसमेत कब्जामा लिएको छ । राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडिसकेका छन् । पुरानो सत्ता ढलेसँगै अब अफगानिस्तानको सत्ता कुन तालिवानी नेताले सम्हाल्लान् त ? तालिवानको नेतृत्व गर्दै आएका मुल्ला अब्दुल घानी बरादर र हिब्तुल्लाह अखुदजादा मध्ये एकले सत्ता सम्हाल्न सक्ने बीबीसीले जनाएको छ । को हुन् मुल्ला अब्दुल घानी बरादर ? मुल्ला सन् १९९४ मा तालिवान समूहको गठन गर्ने चार जनामध्ये एक नेता हुन् । उनीसहित अन्य तीन जना मिलेर तालिवान समूहको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हराएपछि उनी नेटो सैन्य बलको विरुद्ध विद्रोहको प्रमुख बनेका थिए । पछि सन् २०१० को फेब्रअरीमा अमेरिका र पाकिस्तानले गर
अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

अन्तराष्ट्रिय
प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।
अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

अन्तराष्ट्रिय
३१ साउन, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएको हो । यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले समितिमा बताएका थिए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए ।
शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ ःअफगानिस्तानका गृहमन्त्री मिर्जाक्वान

शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ ःअफगानिस्तानका गृहमन्त्री मिर्जाक्वान

अन्तराष्ट्रिय
काठमाडौं । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् । ‘अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ,’ रेकर्डेड भाषणमा उनले भनेका छन् । तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले युद्ध नचाहेको बताएको छ । अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा

अन्तराष्ट्रिय
काठमान्डौ । अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । तालिबान काबुलतर्फ बढिरहँदा राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब बढेको छ । यसैबीच, अमेरिकाले अफगानिस्तानको संकटग्रस्त देशबाट आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।
क्यानडा पठाइयो १८ टन जुम्ली मार्सी र सिमीःबढ्दो माग,घट्दो उत्पादन

क्यानडा पठाइयो १८ टन जुम्ली मार्सी र सिमीःबढ्दो माग,घट्दो उत्पादन

अन्तराष्ट्रिय, कृर्षि
सागर परियार । पहिलो पटक ठुलो मात्रामा जुम्ली मार्सीधानको चामल,सिमि र कोदो अन्तराष्ट्यि बजार क्यानडा निर्यात भएको छ । कोरोना कहरका बीच पनि आईतबार नेपालबाट १८ टन जुम्ली मार्सी,सिमिको दाल र कोदो क्यानडा निर्यात भएको हो । कर्णाली सेफ एण्ड सुपरफुट इन्ड्रस्ट्रीचका कार्यकारी प्रमुख राज शाहिले क्यानडा स्थित (लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो) कम्पन्नीका प्रमुख डा.पुर्ण कँडेलको समन्वयमा जुम्ली मार्सी सिमि र कोदो निर्यात गरिएको छ । जसमा १४ टन मार्सी चामल, ४ टन सिमिको दाल र १ टन कोदो निर्यात भएको कर्णाली सेफ एण्ड सुपरफुट इन्ड्रस्ट्रीचका कार्यकारी प्रमुख राज शाहिले बताउनुभयो । उहाँले भन्नुभयो,“नेपाली राष्ट्यि झण्डा अंकित सहित १८ टन अर्गानिक बस्तु कोरोना कहरका बीच निर्यात भएको छ । लेवलिङ र प्याकेजीङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्था गरेको हो ।” करिब ५५ दिनमा क्यानडा