प्रदेश न. ६

कोरोनाको तेस्रो लहरविरुद्ध पूर्वतयारी गर्दैै कर्णाली प्रदेश सरकार

कोरोनाको तेस्रो लहरविरुद्ध पूर्वतयारी गर्दैै कर्णाली प्रदेश सरकार

प्रदेश न. ६
सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाकोभाइरस (कोभिड–१९)को तेस्रो लहरविरुद्ध पूर्वतयारी थालिएको छ । संक्रमणको तेस्रो लहर फैलिन नदिन प्रदेश सरकारले अस्पतालहरुको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा ध्यान केन्द्रित गर्दैछ । पहिलो र दोस्रो लहरका अनुभवका आधारमा प्रदेश सरकारले तेस्रो लहरसँग जुध्ने तयारीमा ध्यान दिन थालेको हो । प्रदेशका जिल्लाहरुमा पनि पूर्व कार्ययोजना तयार गर्ने काम भएका छन् । सम्भावित तेस्रो लहरलाई नयाँ तरिकाले व्यवस्थापन गर्ने प्रदेश सरकारको भनाइ छ । त्यसका लागि मुख्य काम भनेको प्रदेश भित्रिने प्रमुख नाकामा हेल्थ डेस्क सञ्चालन र परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको योजना छ । प्रदेश भित्रिने सल्यानको कपुरकोट तथा सुर्खेतको बबई र कुइने गरी तीनवटै नाकामा प्रदेश सरकारले स्वास्थ्य चेकजाँच र अस्पताल सञ्चालन गर्न
कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

प्रदेश न. ६
कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए । बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन् । केन्द्रमा एक वर्षमा रु १० करोड बराबरको कारोबार हुने बताइएको छ । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ
चीनसँग जोडिएका सीमास्तम्भ अनुगमन तीव्र

चीनसँग जोडिएका सीमास्तम्भ अनुगमन तीव्र

प्रदेश न. ६
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बीओपीले चीनको सिमानामा रहेको ४ नम्बर सीमास्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ । वर्षा याममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केसीले बताए । खराब मौसमको कारण पटकपटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसम सफा रहेका उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । सीमा सुरक्षाचौकी हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्न
कर्णालीका ६४ प्रतिशत नागरिक विद्युत्को पहुँच बाहिर

कर्णालीका ६४ प्रतिशत नागरिक विद्युत्को पहुँच बाहिर

प्रदेश न. ६
कर्णाली प्रदेशमा झण्डै १८ हजार मेगावाट विद्युत् उत्पादनको क्षमता छ । तर प्रदेशका ६४ प्रतिशत नागरिक भने अझैसम्म विद्युत्को पहुँच बाहिर छन् । अर्थात् विद्युत् सेवा उपभोग गर्न पाएका छैनन् । कर्णाली प्रदेशमा रहेका नदी नालाबाट १७ हजार ७९९ मेगावाटभन्दा बढी विद्युत् उत्पादनको क्षमता रहेको विद्युत् विकास विभागको तथ्यांकले जनाउँछ । तर हालसम्म तीन मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ । जसन कुल क्षमताको शून्य दशमलव २ प्रतिशतमात्रै हो । प्रशस्त सम्भावना भएर पनि जलविद्युत्मा लगानी गर्न र उत्पादन बढाउन नसक्दा कर्णाली प्रदेशका अधिकाँश नागरिक विद्युत् उपयोग गर्नबाट वञ्चित छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म कर्णालीका ३४ प्रतिशत राष्ट्रिय प्रशारण र केही नवीकरण ऊर्जाबाट गरी झण्डै ३६ प्रतिशत नागरिकमात्र विद्युत्को पहुँचमा छन् । विद्युत् विस्तार सुस्त कर्णालीका सबैज
बेग्र प्रतिक्षापछि राष्ट्यि प्रशारण लाईनमा जोडियो जुम्ला

बेग्र प्रतिक्षापछि राष्ट्यि प्रशारण लाईनमा जोडियो जुम्ला

अर्थ/विकास, प्रदेश न. ६
सागर परियार । जुम्ला जिल्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएको छ । लामो प्रयास र संघर्षपछि जुम्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएको हो । पुर्वनिर्धारित समय अनुसार साउनकै दोस्रो साताबाट जुम्लामा राष्ट्यि प्रशारण लाईन पुगेको नेपाल विद्युत प्राधिरकण वितरण केन्द्र जुम्लाका प्रमुख गौरब पोण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,“दैलेख देखि दुल्लु १ सय ५० किमी,दुल्लुदेखि कालिकोट ६० किमी र कालिकोट हुदै जुम्ला ८० किमीको दुरीमा परिक्षण गर्दै ११ केभी राष्ट्यि प्रशारण लाईन जुम्ला पुगेको छ । आईतबार विहान १० बजेदेखि राष्ट्यि प्रशारणलाईनको बत्ती जुम्ला सदरमुकाम खलांगामा बलेको हो ।” गएको असार २६ गतेदेखि कालिकोट हुदै जुम्लाका विभिन्न भागमा नेपाल विद्युत प्राधिकण जुम्लाको टोलीले परिक्षण कार्य गरिरहेको थियो । जुम्ला क्षेत्रमा असार २८ गतनै परिक्षण कार्य सकाएर असार ३१ देखि साउन १६ गते सम्म कालिकोट क्षेत्रका
कर्णालीमा मनसुनका कारण साढे ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने

कर्णालीमा मनसुनका कारण साढे ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने

प्रदेश न. ६, समाज
सुर्खेत । कर्णाली प्रदेशमा मनसुनका कारण ३५ हजार ५५९ जनसंख्या प्रभावित  हुनसक्ने अनुमान गरिएको  छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुर्खेतमा बाढीबाट २४ हजार ४८६ बराबर जनसंख्या प्रभावित हुन सक्ने अनुमान छ । मन्त्रालयको विपद शाखाका प्रमुख तथा सूचना अधिकारी कृष्ण रोकायाका अनुसार सल्यानमा २ हजार ५२३, रुकुम पश्चिममा २ हजार १४९, दैलेखमा २ हजार ५४, जाजरकोटमा १ हजार ५९१, जुम्ला १ हजार ३१२, कालिकोटमा ५५०, डोल्पा ४४३, मुगुमा ३३३ र  हुम्लामा ११८ बराबरको जनसंख्या मनसुनका कारण प्रभावित हुन सक्ने देखिन्छ । कर्णालीका सुर्खेतमा  बाढी र अन्य पहाडी तथा हिमाली जिल्लाहरुमा पहिरोको जोखिम छ । यो वर्ष जेठ महिना देखिनै मनसुन सुरु भएको थियो ।  प्रदेश सरकारले विपत प्रतिकार्यका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न लागिएको रोकायाले रातोपाटीलाई बता
कर्णालीमा असारे विकास  : ५ दिनमा ५ अर्ब १३ करोडभन्दा बढी रकम खर्च

कर्णालीमा असारे विकास  : ५ दिनमा ५ अर्ब १३ करोडभन्दा बढी रकम खर्च

अर्थ/विकास, प्रदेश न. ६, समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको पछिल्लो ५ दिनमा ५ अर्ब १३ करोडभन्दा बढी रकम खर्च गरेको छ । असारे विकासलाई निरन्तरता दिने क्रममा आर्थिक वर्षको अन्तिममा ठूलो परिमाणमा बजेट खर्च गरेको हो । कर्णाली सरकारले असार २६ देखि ३० गतेसम्म अर्थात ५ दिनमा ५ अर्ब १३ करोड २३ लाख रुपैँया खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार असार २५ गतेसम्म १६ अर्ब ८२ करोड ७९ लाख खर्च गरेको प्रदेश सरकारले ३० गतेसम्म २१ अर्ब ९६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । असार महिनामा मात्र प्रदेश सरकारले १२ अर्ब २५ करोड १० लाख रुपैयाँ खर्च गरेको छ । जबकि जेठ मसान्तसम्म ९ अर्बमात्र खर्च गरेको थियो । लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले कुल बजेटको कुल ६५.८ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड
सुर्खेतमा जिल्लादेखि वडास्तरसम्म एमालेको समानान्तर कमिटी

सुर्खेतमा जिल्लादेखि वडास्तरसम्म एमालेको समानान्तर कमिटी

प्रदेश न. ६, राजनिति, समाज
सुर्खेत। सुर्खेतमा जिल्लादेखि वडास्तरसम्म नेपाल कम्युनिष्ट पार्टी एमालेको समानान्तर कमिटी घोषणा भइरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको टकरावको असर अहिले प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म पुगेको हो । माधव नेपाल पक्षले जिल्ला हुँदै पालिका र वडास्तरमा समानान्तर कमिटी घोषणा गरिरहेको छ । सुर्खेतमा एमाले पार्टी सचिवको जिम्मेवारीमा रहेका मोहनसिंह बडुवालको अध्यक्षतामा जेठ १४ गते २२७ सदस्यीय समानान्तर कमिटी घोषणा भयो । माधव नेपाल समूहका प्रदेश संयोजक तथा कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका प्रकाश ज्वालाको हस्ताक्षरसहित जारी विज्ञप्तिमा बडुवाललाई अध्यक्ष मनोनित गरिएको उल्लेख छ । समानान्तर कमिटीको जिल्ला उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उपसचिवमा बलबहादुर नेपाली मनोनित भएका छन् । उसो त समानान्
कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

प्रदेश न. ६, राजनिति, समाज
सुर्खेत । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए । नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताए ।
कर्णालीमा २ मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै

कर्णालीमा २ मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै

प्रदेश न. ६, राजनिति, समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुन लागेको हो । दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘कांग्रेस सरकारमा जाने पक्का हो, सरकारमा क–कसलाई पठाउने भनेर अन्तिम छलफल भइरहेको छ,’ नेता शाहीले भने । मुख्यमन्त्री शाहीले बिहीबार साँझ बस्ने प्रदेश मन्त्रिपरिषदको बैठकमा कांग्रेसले पठाएका दुई जनालाई मन्त्री सिफारिस गर्ने तयारी भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाही निकट एक मन्त्रीले बताए । ‘आज बेलुका क्याबिनेट बोलाइएको छ, आज नै काँग्रेसका दुईजना मन्त्री नियूक्त गर्ने र भोलि सपथ खुवाउने तयारी भइरहेको छ’ ती मन्त्रीले भने । प्रदेश सरकारमा हाल खाली रहेका साम