Karnali Post

जुम्ला पनि कोभिडको तेस्रो लहरबाट प्रभावित

जुम्ला पनि कोभिडको तेस्रो लहरबाट प्रभावित

Banner News, स्वास्थ्य
जुम्ला – विश्वभर फैलिएको कोभिड-१९ संक्रमणको पहिलो लहर भन्दा दोस्रो लहरमा जुम्लाले मानवीय क्षति व्यहोर्नु परेको थियो । पहिलो लहरमा मानवीय क्षति हुनबाट जोगिएको जुम्लाले संक्रमणको दोस्रो लहरमा २३ जनालाई गुमाउनु प¥यो । दोस्रो लहरमा ज्यान गुमाएका २३ जना मध्ये बढी जेष्ठनागरिकले ज्यान गुमाए । कोभिड संक्रमण तेस्रो लहर पनि जुम्ला फैलिसकेको छ । कोभिड-१९ संक्रमणको परीक्षणमा ८ जना संक्रमण देखिएको छ । संक्रमणको तेस्रो लहर ओमिक्रोनबाट यहाँका नागरिक निकै त्रसित देखिन्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक राजिब शाहले कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठान तयारी अबस्थामा रहेको बताए । उनले भने, ‘प्रतिष्ठानमा १ सय २० वटा आइशोलेसन बेड तयारी छ । आईसियू बेड, अक्सिजन पनि तयारी अबस्थामा रहेको छ । प्रतिष्ठानमा पिसिआर किटको अभाव रहेको छ । त्यसक
धिताल परिवारको मुख्य आम्दानीको स्रोत बन्यो भैसीपालन

धिताल परिवारको मुख्य आम्दानीको स्रोत बन्यो भैसीपालन

Banner News, अर्थ/विकास, शिक्षा
सागर परियार जुम्ला । जुम्लाको हावापानीले बाह्रै महिना घरमा पशुपालन गर्न मुस्किल छ । ६ महिना लेकमा र ६ महिना घरमा राखेर गाई भैसी पालन गरिन्छ । भने,त्यसमाथि हिउँदको अत्यधिक चिसोसंगै चरण क्षेत्र र दानापानीको अभावले जुम्लामा बाह्रै महिना दुहुना गाँइभैसी पाल्न झन बढी कठिनाइ छ । तर जुम्ला गुठिचौर ५ का विष्णु धितालले बितेको २६ वर्षदेखि गाउँमै व्यवसायीक भैसीपालन गर्दै आएका छन् । चरण क्षेत्र,दाना पानीको अभाव,हिउँको कठ्याग्रिदो चिसो छिचोल्दै धितालले २६ वर्षदेखि भैसीपालन गर्दै आएका हुन् । सरकारी जागिर समेत त्यागेर भैसीपालनमा होमिएका धितालले हाल सम्म भैसीपालनमा करिब १ करोड बढी लगानी गरिसकेका छन् । जुम्लामा बढ्दो दुधको मागलाई मध्यनजर गर्दै भैसीपालन गरेका धिताल आजभोली दुध बेचेरै महिनामा ३० देखि ४० हजार कमाउँछन् । भने महिनाको १ लाख बराबरको आर्थिक कारोबार गर्छन् । २०५२ सालबाट भैसीपालन शुरु ग
कर्णालीमा सिटामोलको चरम अभाव

कर्णालीमा सिटामोलको चरम अभाव

Banner News, समाज, स्वास्थ्य
पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्र रुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १२ बुँदे जारी आदेश पालना भएको छैन । सङ्क्रमणको दर भने दैनिक उकालो लाग्दै गएको छ । वीरेन्द्रनगरमा बिहीबार मात्र १३७ कोर
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

Banner News, राजनिति
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।  दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । सर्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।
सुर्खेतको छिन्चुमा बसपार्क बन्ने, साढे १८ करोडभन्दा बढी लागत अनुमान

सुर्खेतको छिन्चुमा बसपार्क बन्ने, साढे १८ करोडभन्दा बढी लागत अनुमान

Banner News, अर्थ/विकास, समाज
सुर्खेतको छिन्चुमा बसपार्क बन्ने भएको छ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार रहेको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा ‘छिन्चु बसपार्क’ बन्ने भएको हो । त्यसका लागि शहरी पूर्वाधार विकास कार्यक्रम  अन्तर्गत भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न गरिएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका नगरप्रमुख भुपेन्द्र बहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । छिन्चु बसपार्क आयोजना निर्माणको अनुमानित लागत १८ करोड ५८ लाख २० हजार अनुमान गरिएको छ । त्यसको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोर्ने उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् । उनले भनिन्, ‘कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने बसपार्कको यो आयोजना प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको
दार्मा गाउँपालिकामा उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

दार्मा गाउँपालिकामा उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

Banner News, समाज, स्थानिय तह
सल्यान । गरिब विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन भइरहेको उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अति गरिब विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार जिल्लाको दार्मा गाउँपालिकामा सञ्चालन गरिएका सीप तालिमबाट ग्रामीण क्षेत्रका महिलाहरू तथा पुरुष लाभान्वित भएका छन् । महिला चुलो चौको र पुरुष घरमै अरू काममा सीमित भएका दार्माका समुदाय अहिले धमाधम सीप सिक्न व्यस्त छन् । दार्मा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा  सिलाई कटाई, पलम्बर, विद्युत् वायरिङ, ड्राइभर तालिम, कम्प्युटर तालिममा  महिला पुरुष व्यस्त हुँदै आइरहेका छन् । सिलाइ कटाइमा महिला ३६ जना, पलम्बरमा २६ जना पुरुष, मसला उद्योगमा १२ जना महिला, ड्राइभर ३६ जना पुरुष, विद्युत् वायरिङमा ३० जना पुरुष, जीयारीमा ३० महिला  र कम
कर्णालीमा साताभित्रै सरकारलाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय

कर्णालीमा साताभित्रै सरकारलाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय

राजनिति
नेकपा माओवादी केन्द्र कर्णाली  प्रदेश संसदीय दलको बैठकले अबको एक साताभित्रै सरकारलाई पूर्णता दिने गरी पहल थाल्ने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्री जीवन बहादुर शाहीले मन्त्रिपरिषद्लाई पूर्णता दिन चासो नदिएकाले अब आफूहरुले नै तदारुकता दिनुपर्ने भएकाले गठबन्धनबीच छलफल गरिने रातोपाटीलाई जानकारी दिए। उनले भने, ‘मुख्यतयाः मुख्यमन्त्रीले सरकारलाई पूर्ण दिने कुरामा चासो दिन सक्नुपर्थो तर त्यहो हुन् सकेन ।’ माओवादीले यसअघि चारवटा मन्त्रालयको दावी गर्दै आएको थियो। तर अब पहिला कुन दलले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लगाउने र त्यसपछि मात्रै मन्त्री छनोट गरिने उनले बताए । यस्तै राष्ट्रिय सभाका उम्मेदवारहरुलाई भोट दिने र बजेट कार्यान्वयनलाई कसरी तीव्र गतिमा अघि बढाउने भन्नेबारेमा पनि बैठकमा छलफल भएको छ ।
कर्णालीको अर्धवार्षिक बजेट खर्च ९ प्रतिशत

कर्णालीको अर्धवार्षिक बजेट खर्च ९ प्रतिशत

समाज
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि कर्णाली सरकारले अध्यादेशमार्फत रु ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो । उक्त बजेटमध्ये हालसम्म रु तीन अर्ब ४८ करोड १० लाख १७ हजार मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष यही अवधिसम्म १६.१३ प्रतिशत बजेट खर्च भएको थियो । मन्त्रिपरिषद्ले पूर्णता पाउनमा ढिलाइका कारण मन्त्रालयमा विनियोजित बजेट कार्यान्वयनमा असर पुगेको बताइएको छ । कर्णालीमा सामाजिक विकास, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, आन्तरिक मामिला तथा कानून र उद्योग, पर्यटन, वन तथा वातावरण मन्
न्यायलय दुषित पार्ने व्यक्तिलाई हटाउन हस्ताक्षर गर्छु ः सांसद महत

न्यायलय दुषित पार्ने व्यक्तिलाई हटाउन हस्ताक्षर गर्छु ः सांसद महत

राजनिति
जुम्ला ः नेपाल बार एसोसिएसन काठमाडौँले सोमबार आफ्नै कार्यालयमा राखेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद तथा नेकपा माओावादी केन्द्रका केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले प्रधानन्यायाधीशको बहिर्गमन र न्यायालयको शुद्धिकरण गर्ने नेपाल बारको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाएका छन् । उनले भने नेपाल बारको यो आन्दोलनमा ऐक्यवद्धता जनाउन म यहाँ आएको हुँ । न्यायालय दुषित पार्ने यस्ता व्यक्तिलाई हटाउन म हस्ताक्षर अहिलै गर्छु ।’ पार्टीले मलाई नै कसरी पठायो थाहा छैन तर मेरो व्यक्तिगत समर्थन सुरूदेखि नै थियो ।’ उनले पनि न्यायालयको सुधारमा नेतृत्व राजनीतिक पार्टीले नै गर्नुपर्ने बताए । ’पहिले एउटा महाअभियोगको समावेदन (लोकमान विरूद्ध) आउँदा नेताहरूलाई थाहा नदिइ सांसदहरूले हस्ताक्षर गरेका थिए । अहिले भने यत्रो निकायको प्रमुखलाई यत्रा काला अक्षरले लेख्दा पनि दलबीच केही भएको छैन ।’
एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।